नेपाली सेनालाई अष्ट्रेलियाले दियो स्वास्थ्य सामग्री
काठमाडौं : अष्ट्रेलियाले नेपाली सेनालाई कोरोना भाइरस (कोडिभ–१९) रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदान गरेको छ।
शनिबार अष्ट्रेलियाका राजदूत फेलिसिटी जेनभल्कले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई स्वास्थ्य सुरक्षाका लागि आवश्यक सामग्री हस्तान्तरण गरेकी हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रमा उक्त सामग्री हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ।

कार्यक्रममा नेपाली सेनाका रथी शर्माले अष्ट्रेलियाले गरेको सहयोगका लागि धन्यवाद दिए। कोरोनाविरुद्धको प्रतिकार्यका लागि सेनाबाट तैनाथ हुने स्वास्थ्यकर्मीको सुरक्षाका लागि अष्ट्रेलियाले उक्त सामग्री दिएको हो।
सबै सामग्री अष्ट्रेलियन एय फोर्सले नेपाल ल्याएको हो।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…


