‘भारतमा भेटिएको डेल्टा भेरियन्ट ४० प्रतिशत बढी संक्रामक’
काठमाडौं । बेलायती स्वास्थ्यमन्त्री म्याट हेनककले कोरोना भाइरस (कोभिड-१९) को भारतमा भेटिएको डेल्टा भेरियन्ट ४० प्रतिशत बढी संक्रामक रहेको बताएका छन् ।
आइतबार एक अन्तर्वार्तामा बोल्दै हेनककले कोरोनाको भेरियन्टको कारण बेलायतमा लकडाउन हटाउने निर्णयमा असर पर्न सक्ने बताएका हुन् । बेलायत जुन २१ बाट लकडाउन हटाउने योजनामा छ ।
हेनककले कोरोना विरुद्धको दुवै डोज खोपले भेरियन्टको संक्रमणलाई नियन्त्रण गर्न सक्ने विश्वास व्यक्त गरे । कोरोनाको भेरियन्ट धेरै संक्रामक देखिएकाले यसले सबैलाई जोखिममा पारेको हेनककको भनाइ छ ।
हेनककले यसै सातादेखि बेलायतमा ३० वर्षभन्दा कम उमेरका मानिसलाई पनि कोरोना खोप लगाइने बताए । बेलायतमा १२ देखि १५ वर्ष उमेर समुहका बालबालिकालाई पनि कोरोना खोप लगाउन अनुमति दिइएको छ ।
बेलायती स्वास्थ्यमन्त्री हेनककले कोरोना खोप एक डोजमात्र लिने मानिस पनि सुरक्षित नरहेको बताएका छन् । ‘सबै मानिसले कोरोनाको दोस्रो डोज पनि लिनुपर्छ किनकी पहिलो डोज आफैंमा त्यति प्रभावकारी देखिएको छैन’, उनले भने ‘हामी सबैले कोरोनाविरुद्धको खोप लिनुपर्छ र यसो गर्दा हामीले संक्रमित हुने र अस्पतालमा भर्ना हुनेको संख्यालाई घटाउन सक्छौं ।’
एजेन्सीहरुको सहयोगमा
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


