विश्वका प्रमुख प्रविधि कम्पनीमाथि कर बढाउन जी-७का मुलुकको निर्णय
काठमाडौं। विश्वका धनी ७ मुलुकको समूह जी-७ ले विश्वका ठूला बहुराष्ट्रिय प्रविधि कम्पनीमाथि लगाइएको कर बढाउने निर्णय गरेका छन् ।
जी-७ समुहले गुगल, फेसबुक, एप्पल र अमेजनजस्ता कम्पनीमाथि १५ प्रतिशतसम्म कर लगाउने निर्णय गरेको हो । यद्यपि, यो निर्णय लामो समयसम्म टिक्न नसक्ने जानकारहरुले दाबी गरेका छन् ।
लण्डनमा भएको जी-७ का मुलुकको अर्थमन्त्रीहरुको बैठकले जुन स्थानमा ठूला प्रविधि कम्पनीले आफ्नो व्यापार गर्छन्, त्यहाँ उनीहरुले उचित कर पनि बुझाउनुपर्ने निर्णय गरेको हो ।
यो निर्णयले विश्वका प्रमुख कम्पनी प्रभावित बन्न सक्ने अपेक्षा गरिएको छ । तर, ठूला प्रविधि कम्पनीले भने यो निर्णयको स्वागत गरेका छन् ।
यद्यपि, गैरसरकारी संस्था अक्सफामले भने विश्वव्यापीरुपमा न्यूनतम कर्पोरेट दरमा यो निर्णयले खासै ठूलो अन्तर भने ल्याउन नसक्ने बताएको छ ।
यो शिखर सम्मेलन आयोजना गरेको बेलायतका अर्थमन्त्री ऋषि सुनाकले यो सम्झौताले २१ औं शताब्दीको लागि उचित कर प्रणालीको स्थापना गर्ने बताए ।
एजेन्सीहरुको सहयोगमा
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


