ललितपुरमा २५ र २६ गते चिनियाँ खोप लगाइँदै, केन्द्र पुरानै
काठमाडौं । ललितपुर महानगरपालिकाले २५ र २६ गते नगरवासीलाई चिनियाँ खोप लगाउने भएको छ । महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई दुई दिन खोप लगाउने तयारी गरिएको हो ।
महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज लगाइएको खोप केन्द्रमा नै यस पटक पनि खोप केन्द्र सञ्चालन गर्ने भएको प्रवक्ता महर्जनले जानकारी दिए ।
प्रवक्ता महर्जनले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर २ मंगलबार र बुधबार खोप लगाउन सकिने जानकारी दिए ।
सरकारले यस पटक ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई चिनियाँ खोपको पहिलो डोज लगाउने निर्णय गरेको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


