संवैधानिक इजलास स्थगित
काठमाडौं । संसद विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ ।
सर्वोच्च अदालतले संवैधानिक इजलासको पेशी सोमबारका लागि नतोकेकाले सुनुवाइ हुनेछैन ।
संवैधानिक इजलास नबस्नुको कारण भने खुलेको छैन । यद्यपि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्वस्थ भएको अपुष्ट सूचनाहरु सार्वजनिक भइरहेका छन् । तर स्वास्थ्यमा कस्तो खालको समस्या हो भन्ने थाहा हुन सकेको छैन ।
सर्वोच्च अदालत प्रशासन स्रोतले भन्यो, ‘प्रधानन्यायाधीशको स्वास्थ्य गडबड भएको भन्ने हल्ला हामीले पनि सुनेका छौं । तर विस्तृतमा थाहा छैन ।’
संसद विघटन सम्बन्धी मुद्दा हेर्न प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।
तर यो इजलासबाट निष्पक्ष फैसला आउनेमा सरकारी पक्षले नै आशंका गर्दै आएको छ । सरकारको कानुनी सल्लाहकार रहने महान्यायाधीवक्ता रमेश बडालसहित सरकारी पक्षका वकिलहरुले इजलासबाट कार्की र भट्टराईलाई हटाउन माग गरेका थिए ।
आइतबार सरकारी पक्षबाट यो माग उठेपछि प्रधान्यायाधीश राणाले मानहानीको मुद्दा चलाउने चेतावनी दिएका थिए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


