१९० लाख वर्ष पूरानो सुगा, वजन ७ किलो
पृथ्वीको सबैभन्दा पूरानो तथा लोप भैसकेको जनावरको कुरा गर्दा सबैको दिमागमा डायनोसरको चित्र बन्दछ । तर १९० लाख वर्ष पहिलेको सुगाको कुरा थाहा पाउनुभयो भने तपाइँ झनै अचम्ममा पर्नुहुनेछ ।
न्युजिल्याण्डका वैज्ञानिकहरुले करीब १९० लाख वर्ष पूरानो सुगाको जिवावशेष फेला पारेका छन् । लाखौँ वर्ष पूरानो सुगाको हड्डी भेटिनुलाई वैज्ञानिक जगतमा निकै महत्वपूर्ण मानिएको छ।
बायोलोजी लेटर्स नामक पत्रिकामा छापिएको एक रिपोर्टअनुसार उक्त हड्डीको विश्लेषणका आधारमा वैज्ञानिकहरुले सो सुगाको आकार निकै ठूलो भएको ठहर गरेका छन् ।
सो सुगाको उचाई झण्डै १ मिटर र वजन झण्डै ७ केजी रहेको अनुमान वैज्ञानिकहरुको छ ।
यत्रो भिमकाय सुगा उड्न सक्थ्यो कि सक्दैनथ्यो भन्नेचाहिँ अहिलेसम्म पुष्टि भैसकेको छैन ।
उक्त विशाल सुगाको अवशेष सन् २००८ मा दक्षिणी न्युजिल्याण्डको सेन्ट बान्थासमा भेटिएको थियो । वैज्ञानिकहरुले यत्तिका वर्षसम्म सो हड्डीमाथि व्यापक अनुसन्धान गरे र अन्ततः त्यो हड्डी एक सुगाको भएको निष्कर्ष निकाले । सुरुमा वैज्ञानिकहरुले उक्त हड्डी चिलको भएको अनुमान गरेका थिए ।
एजेन्सी
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


