सुनचाँदीको भाउ बढ्यो
काठमाण्डाै – सुनचाँदीको भाउ आज बढेको छ ।
आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजो तोलाको ९३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलामा पाँच रुपैयाँ बढेको छ । हिजो तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १३ सय ५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…


