जर्मनीले दियो स्वास्थ्य उपकरण
जेठ: कोभिड–१९ महामारीविरुद्ध लड्न नेपाल सरकारले गरेको अनुरोधअनुरूप सङ्घीय गणतन्त्र जर्मनीको सरकारले स्वास्थ्य उपकरण तथा सामग्री प्रदान गरेको छ । नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड सेफेरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एक सङ्क्षिप्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई ६२ वटा भेन्टिलेटर, २७ हजार ५०० थान एफएफपीटू मास्क, ३० हजार सर्जिकल मास्क, १०० जोर गम बुट, पाँचवटा एकन्तबास त्रिपाल, २०० थान बडी ब्याग, २५ हजार लिटर निर्मलीकरण झोल हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य उपकरणलगायत सामग्री प्रदान गरेकामा नेपाली जनता र नेपाल सरकारका तर्फबाट मन्त्री तामाङले जर्मन नागरिक र सरकारप्रति कृतज्ञता ज्ञापन गरे।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


