‘डाउन’ भएका अमेजन, द गार्जियन लगायतका वेबसाइट फेरि सुरु भयो
काठमाण्डौ – झन्डै एक घण्टासम्म डाउन भएका विश्वभरका प्रमुख केही अखबार, मिडिया, कम्पनी लगायतका वेबसाइट फेरि सुरु भएका छन् । मङ्गलवार दिउँसो अमेजन, रेड्डीट लगायतका वेबसाइट डाउन भएका थिए ।
बेलायत सरकारको वेबसाइट gov.uk का साथै द फाइनान्सियल टाइम्स, द गार्जियन र द न्युयोर्क टाइम्सको वेबसाइट पनि डाउन भएका थिए । प्रभावित वेबसाइटमा “Error 503 Service Unavailable” यस्ताे म्यासेज देखिन्थ्याे ।
सुरुवाती जानकारीका अनुसार क्लाउड कम्प्युटिङ प्रदान गर्ने कम्पनी ‘फास्टली’ मा प्राविधिक समस्याका कारण यस्तो भएको हुन सक्ने बताइएको थियो । ‘फास्टली’ बाट कैयौँ महत्त्वपूर्ण वेबसाइट्सलाई सहयोग मिल्ने गर्दछ ।
यो समस्या ब्रिटिश समर टाइम (बीएसटी) को बिहान ११ बजेदेखि सुरु भएको र झन्डै एक घण्टासम्म रहेको थियो । यसबाट प्रभावित वेबसाइटमा सीएनएन र स्ट्रिमिङ साइट ट्विच र हुलु पनि रहेका थिए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


