भारतको उत्तर प्रदेशमा बस र लोडर ठोक्किँदा १७ जनाको ज्यान गयो
काठमाण्डाै – भारतको उत्तर प्रदेशमा गए राति भएको दुर्घटनामा १७ जनाको ज्यान गएको छ । भारतकाे उत्तरप्रदेश राज्यकाे कानपुरमा बस र लोडर ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
लखनउबाट दिल्लीका लागि छुटेको बस र लोडर ठोक्किँदा १० जना भन्दा धेरै घाइते भएका र उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । ज्यान गुमाउनेमा धेरैजसो बिस्कुट फ्याक्ट्रिमा काम गर्ने मजदुर रहेका छन् । उनीहरु लोडरमा सवार रहेका भारतीय प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रदेश सरकारले दुई-दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ज्यान गुमाएकाका प्रति परिवारलाई दुई-दुई लाख रुपैयाँ दिने र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गर्नु भएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


