चितवनमा निषेधाज्ञा खुकुलो, पुस्तक पसल पनि खुल्ने
काठमाडौं । चितवनमा यो सातादेखि निषेधाज्ञामा केही खुकुलो बनाइएको छ । यसअघि खाद्य सामग्री पसल विहान ९ बजेसम्म खुलेकामा १० बजेसम्म पुर्याइएको छ ।
पाठ्यपुस्तकका पसल र कृषि, मल बीऊसम्बन्धी पसल पनि विहान १० बजेसम्म खोल्न पाइने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।
असार पहिलो हप्तादेखि शैक्षिक सत्र सुरु हुने भएकाले विद्यालयसम्म पुस्तक ढुवानीका लागि पुस्तक पसल पनि खोल्ने निर्णय गरेको उनले बताए ।
चितवनमा यसअघि जेठ १५ देखि जारी गरिएको निषेधाज्ञा बिहीबार सकिँदैछ । खुकुलो निषेधाज्ञाको व्यवस्था बिहीबारदेखि असार ३ गते राति १२ बजेसम्म लागू हुनेछ ।
चितवनमा अब निषेधाज्ञाको समयमा वर्कसपहरु पनि खुल्नेछन् ।



-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


