अस्ट्रेलियासँगकाे खेलमा बाँकी युवा खेलाडीले पनि अवसर पाउन सक्छन् : प्रशिक्षक अलमुताइरी
काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियासँगको खेलमा बाँकी युवा खेलाडीले पनि अवसर पाउन सक्ने सङ्केत गर्नुभएकाे छ ।
विश्व कप छनोट अन्तर्गत भोलि अस्ट्रेलियासँग हुने खेलको बारेमा जानकारी दिन भएको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अलमुताइरीले यसअघिका खेलमा अवसर नपाएका युवा खेलाडीले पनि अवसर पाउन सक्ने बताउनुभएकाे हाे ।
अस्ट्रेलियासँगको खेल गाह्रो भए पनि नेपालले सकभर राम्रो खेल्ने र समर्थकलाई खुसी दिन प्रयास गर्ने प्रशिक्षक अलमुताइरीकाे भनाइ छ । नेपाली टोलीको खेल्ने शैली सुधार भएको पनि उहाँकाे दाबी छ ।
पत्रकार सम्मेलमा अस्ट्रेलियाका प्रशिक्षक ग्राहम अर्नोल्डले नेपाल एक मेहनती टीम भएको र नेपालसँगको खेललाई लिएर आफूहरू उत्साहित रहेको बताउनुभएकाे छ । उहाँले नेपाली खेलाडी र प्रशिक्षकले राम्रो गरिरहेको र नेपालको खेल्ने शैलीलाई सम्मान गर्ने पनि बताउनुभयाे ।
विश्व कप छनोट अन्तर्गत अन्तिम खेलमा भोलि नेपालले कुवेतमा अस्ट्रेलियासँग खेल्न लागेकाे हाे ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


