२ महीना मेलम्चीको पानी नआउने
काठमाडौं, जेठ २८ । काठमाडौं उपत्यकामा असार १ गतेदेखि २ महीनाका लागि मेलम्चीको खानेपानी नआउने भएको छ । आउँदो असार १ गतेदेखि सुरुङको पानी खाली गरी निरीक्षण गर्ने र पुनः पानी भर्न २ महीना लाग्ने भन्दै मेलम्ची खानेपानी विकास समितिले २ महीनासम्म पानी नआउने जानकारी दिएको हो ।
असार १ गतेदेखि ६० दिनसम्म काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण हुनेछैन । समितिले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै सुरुङ खाली गर्न १६ दिन लाग्ने र बाँकी समय सुरुङ निरीक्षण, परीक्षण र सुधार कार्य गर्न र पुनः पानी भर्न समय लाग्ने भन्दै समितिले ६० दिनसम्म पानी नआउने जानकारी दिएको हो ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…


