यात्रुको पनि कोरोना परीक्षण
बैतडी, जिल्लामा भित्रिने यात्रुहरुको कोरोना परीक्षण थालिएको छ । जेठ १८ गतेदेखि सुरु भएको परीक्षणमा हालसम्म ५ सय बढी यात्रुको परीक्षण गरिएको हो ।
स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले खोडपेमा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेन विधिमार्फत जिल्ला भित्रिने यात्रुको अनिवार्य रुपमा कोरोना परीक्षण गर्ने कार्य भइरहेको बताए । उनले भने,“हालसम्म ५ सय ३ जनाको कोरोना परीक्षण गरिएकोमा ४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका यात्रुलाई आइसोलेट गरेका छौं ।”
दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिरहेकोले त्यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला भित्रिने यात्रुहरुको कोरोना परीक्षण थालिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । गत जेठ १८ गतेदेखि तेस्रोपटकका लागि जारी भएको निषेधाज्ञालाई कडाई गर्दै अनिवार्य रुपमा कोरोना परीक्षण थालिएको हो ।
उनले भने“ जिल्ला भित्रिने यात्रुवहाक सवारी साधनलाई बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै भित्रिन दिने भनेका छौं, रातिमा जिल्ला भित्रिने यात्रुवाहक सवारी साधनमा रोक पनि लगाएको छौं।” बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म खोडपेमा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्यकर्मी परिचालन गरी कोरोना परीक्षण कार्य भइरहेको हो ।
हेल्थ डेस्कमा कोरोना परीक्षण गर्नका लागि ६ जना स्वास्थ्यकर्मी परिचालन गरिएका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । यसअघि भारतसँग जोडिएको सीमानाका झुलाघाटमा पनि हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षणको काम भइरहेको छ । बैतडीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । यहाँ कोरोनाका कारण १६ जनाको मृत्यु भइसकेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


