गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त
काठमाण्डाै – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमतको आधारमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । कृष्णचन्द्र नेपाली पोखरेललाई कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) गरी ३१ जनाले समर्थन गरेका छन् ।
राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले साथ नदिए पनि स्वतन्त्र प्रदेशसभा सदस्य राजिव गुरुङले विपक्षीलाई साथ दिएपछि कांग्रेस नेतृत्वमा सरकार बनाउन बहुमत पुगेको हो । हिजो प्रदेशप्रमुख सीताकुमारी पौडेलले बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्न २४ घण्टाको समय दिएलगत्तै विपक्षी गठबन्धनका ३१ जना नै उपस्थित भएर दाबी गरेका थिए ।
आज दिउँसो फेरि मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेपछि केहीबेर किचलो भएको थियो । विपक्षी दलका ३१ जना सांसदले प्रदेश प्रमुखको निवासमा धर्ना दिएका थिए । कांग्रेस र जनमोर्चाले केन्द्रमा जस्तै असंवैधानिक काम नगर्न प्रदेश प्रमुखलाई चेतावनी दिएका थिए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


