पहिरोले थुनिएको सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

काठमाण्डाै – पहिरो गएपछि बिहान ६ बजेदेखि बन्द भएको सिद्धार्थ राजमार्ग अहिले एकतर्फी खुलेको छ ।

स्याङजा–पोखरा सडक खण्डको भालुपहाडमा बिहान ६ बजे पहिरो खसेपछि सडक बन्द भएको थियो । केहीबेर अघिदेखि भने सडक एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार दुईतर्फी सडक खुलाउने प्रयास भइरहेको छ । भालुपहाडमा सडकलाई चौडा पार्ने काम भइरहेकै बेलामा पहिरो खसेको हो । यो सडकले स्याङजा,पाल्पा, पोखरा र बुटवललाई जोडेको छ ।

TOP