विदेशी नागरिकलाई यसवर्ष पनि हजयात्रामा प्रतिबन्ध
काठमाडौं । यस वर्ष पनि हज यात्रामा विदेशी नागरिकले अनुमति नपाउने भएका छन् । साउदी अरेबियाले लगातार दोस्रो वर्ष विदेशी नागरिकलाई हजयात्राको लागि विदेशी नागरिकलाई अनुमति नदिने भएको हो ।
साउदी अरेबियाले आफ्नो मुलुकका ६० हजार मानिसलाई मात्र यस वर्षको हजयात्राको लागि अनुमति दिने निर्णय गरेको हो । शनिबार साउदीको सरकारले हजयात्रामा सहभागी हुने मानिसहरुमा पनि कुनै किसिमको दीर्घरोग हुन नहुने र कोरोनाविरुद्धको खोप लिएको हुनुपर्ने बताएको छ ।
Hundreds of Muslim pilgrims circumambulate the Kaaba, the cubic building at the Grand Mosque, as they keep social distance to protect themselves from the coronavirus [File: AP]
‘अहिले समग्र विश्व नै कोरोना भाइरसको महामारीको सामना गरिरहेको र नयाँ भेरियन्टहरु देखिइरहेको अवस्थामा सम्बन्धित विभागले अहिले विश्व स्वास्थ्यको अवस्थालाई नियाल्दै आएको छ’, विज्ञप्तिमा भनिएको छ । गत वर्ष साउदी अरेबियाले एक हजार साउदी नागरिक तथा बासिन्दाहरुलाई हज यात्राम जाने अनुमति दिएको थियो ।
यसवर्ष जुलाईको मध्यबाट हज सुरु हुनेछ । हज यात्रा साउदी अरेबियाको लागि आम्दानीको पनि महत्वपूर्ण स्रोत हो । कोरोना भाइरसको महामारी आउनुभन्दा पहिला हज यात्रामा करिब २५ लाख मानिसहरु सहभागी हुने गरेका थिए ।
एजेन्सीहरुको सहयोगमा
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


