कटुवा पेस्तोलसहित सिरहाबाट एकजना पक्राउ
जनकपुरधाम । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित आइतबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुखीपुर नगरपालिका ७ बलही निवासी ४७ बर्षीय गणेश कुमार सिंह छन् । आफ्नो घर नजिकै लुकाएको एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित सिंहलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।
गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले सिंहलार्य हतियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले बताए ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…


