जसपामा दुवै पक्षको कारबाही खारेज
काठमाडौं, जेठ ३१ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीमा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई मान्यता नदिने निर्णय गरेको छ । आयोगको सो निर्णयसँगै जसपाले एकअर्कालाई गरेको कारबाहीसमेत खारेज भएको छ ।
आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षता तथा आयुक्तहरू जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरीप्रसाद पौड्यालसहित बसेको बैठकले सो निर्णय गरेको हो ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष तथा जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव दुवै पक्षले गरेको कारबाहीलाई आयोगले मान्यता नदिने निर्णय गरेको जानकारी दिए । एक अध्यक्षले अर्कोलाई निकालेको विषय अद्यावधिक गर्न भनिएकोमा हामीले राजीतिक दलसम्बन्धी ऐनअन्तर्गत नमिल्ने भनेका छौं,’ प्रवक्ता श्रेष्ठले भने ।
यसैगरी, बैठकले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को दफा २५ को उपनियम ६ बमोजिम सो दलको पदाधिकारीको विवरण साबिककै कायम रहने निर्णयसमेत गरेको छ । राजधानी दैनिकबाट
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


