आलु भित्र्याउने तयारीमा बाफुखोलाका किसान
सल्यान, जेठ ३१ । सल्यानको बाफुखोलाका किसान आलु खन्ने तयारीमा जुटेका छन् । बर्खे आलु उत्पादन हुने क्षेत्रका रूपमा परिचित जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ११ र १२ का किसान आलु भित्र्याउने तयारीमा लागेका हुन् ।
आलु खन्नका लागि तयार भइसकेको र असारको पहिलो हप्तादेखि भण्डारण शुरू हुने स्थानीय खकेन्द्र खत्रीले बताए । आलु निकासीका लागि दोभान बजारसम्म नै ट्रक आउने भएकाले निकासीमा कुनै समस्या नहुने भएपछि किसानहरू बजार भाउ पर्खिएर बसेको उनको भनाइ छ ।
अहिले बाफुखोलामा प्रतिकिलो ३० देखि ३२ रुपैयाँमा आलु विक्री भइरहेको छ । बाफुखोलाका किसानले आलुखेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । आलुखेती गरेर यहाँका प्रतिघरपरिवारले वार्षिक न्यूनतम ५० हजारदेखि ७ लाखसम्म वार्षिक आम्दानी गर्ने गरेका छन् । स्थानीय किसानको आम्दानीको प्रमुख स्रोत नै आलुखेती हो ।
खाद्यान्नबाली लगाउन छोडेर यहाँका किसानले आलुखेतीमा जोड दिएको अर्का स्थानीय वीरबहादुर वलीले बताए । ‘राम्रो उत्पादन हुन थालेपछि बाफुखोलामा आलुखेती गर्न थालिएको छ, यसलाई विस्तार गर्न एक दशक नै लाग्यो, अहिले आलुखेती नगर्ने बाफुखोलामा कोही छैनन्,’ उनले भने ।
बाफुखोलाका करीब ५ सय घरधुरीले व्यावसायिक रूपमा आलुखेती गर्दै आएका छन् । बागचौर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष दिपक वलीले यस वर्ष बाफुखोलामा करिब १५ करोड रुपैयाँ बराबरको आलु उत्पादन हुने आकलन गरिएको बताए ।
यस वर्ष यहाँ उत्पादित आलु निकासीमा समस्या नहुने उनको भनाइ छ । ‘कर्णाली प्रदेश सरकार र बागचौर नगरपालिकाको १ करोड २० लाख रुपैयाँ बजेटबाट खौलादेखि दोभानबजारसम्म सडकको स्तरोन्नति गरिएको छ, १० चक्के ट्रक नै बाफुखोलामा आउँछन्,’ उनले भने, ‘यस वर्ष आलु निकासी नभएर गाउँमै थन्किने अवस्था आउँदैन ।’ २०४८ सालदेखि बाफुखोलामा आलुखेती शुरू भएको कृषक बताउँछन् । जिल्लाका बाफुखोलासँगै शिवरथ, कोटवारा, ढाकाडाम लगायत क्षेत्रमा आलुखेती गरिन्छ ।आर्थिक अभियान दैनिकबाट
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


