अनलाइन शेयर कारोबारका लागि सात लाखभन्दा धेरैले अनुमति लिए
काठमाण्डाै – अनलाइनमार्फत शेयर कारोबार गर्नका लागि अहिलेसम्म सात लाखभन्दा धेरैले युजरनेम र पासवर्ड लिएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढिरहेकाले अनलाइन कारोबारको लागि अनुमति लिनेको सङ्ख्या पनि बढिरहेको हो ।
शेयरबजार बढिरहेको र नयाँ पुस्ताको आकर्षणका कारण कारोबारीहरु बढिरहेको नेप्सेले जनाएको छ । आइतवार मात्रै शेयर कारोबार रकम र सङ्ख्याले रेकर्ड बनाएको छ । आइतवार १९ अर्ब ५५ करोड रुपैयाँ बराबरका तीन करोड ७० लाख ७६ हजार कित्ता शेयर किनबेच भएका छन् ।
एक लाख ८२ हजार चार सय वटा कारोबार भएका थिए । यसैबीच नेप्सेले दोस्रो बजारमा सहभागी हुँदा आफूले कारोबार गर्न खोजेको कम्पनीको व्यवसाय, व्यवस्थापकीय पक्ष, नाफा नोक्सानको अवस्था लगायतका विषयमा चनाखो रहन पनि सुझाव दिएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


