जिम्बाबेका ९७ बर्षीय प्रथम राष्ट्रपति सङ्क्रमित, अस्पताल भर्ना
जिम्बाबेका प्रथम राष्ट्रपति केनेथ काउन्डा कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कोभिड सङ्क्रमणपछि स्वास्थ्यमा थप जटिलता आउँदा ९७ बर्षीय काउन्डालाई अस्पताल भर्ना गर्नुपरेको अधिकारीहरुले जनाएका छन् ।
दक्षिण अफ्रिकी मुलुक जिम्बाबेका पूर्व राष्ट्रपति काउन्डाको निजी सचिवालयले उहाँको स्वास्थ्य लाभका लागि प्रार्थना गरिदिन सवैसँग अनुरोध गरेको छ ।
“हामी सवै स्वदेशी तथा विदेशी मित्र तथा शुभेच्छुकहरूसँग उनको स्वास्थ्य लाभको कामना गरिदिनुहुन अनुरोध गर्दछौँ । त्यसैगरी उनको उपचारमा संलग्न चिकित्सकहरुको टोलीले सम्भव भएसम्मका सवै प्रयासहरू गरिरहेकोले उनीहरुलाई सफलता प्राप्त हुने विश्वास लिएका छौँ,” सचिवालयलद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
छोटो सो वक्तव्यमा उनको स्वास्थ्य अवस्थाका बारेमा विस्तृत विवरण भने उल्लेख गरिएको छैन । राजधानी लुकासामा रहेको मैना सोको मेडिकल सेन्टरमा उनको उपचार भइरहेको हो । जिम्बाबेमा पछिल्लो समय सङ्क्रमितको सङ्ख्यामा नाटकीयरूपमा बृद्धि हुँदैआएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
जिम्बाबेमा अहिलेसम्म कुल एक लाख आठ हजार सङ्क्रमित भएका छन् भने एक हजार ३४८ जनाको मृत्यु भएको छ । बेलायती उपनिवेशबाट मुलुकलाई मुक्त गराउन नेतृत्वदायी भूमिका खेल्नु भएका काउन्डा सन् १९६४ मा मुलुकको पहिलो राष्ट्रपतिका रूपमा निर्वाचित भएका थिए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


