एमाले महासचिवसँग स्वीजरल्याण्डकी राजदूतको भेटवार्ता
काठमाडौं, २ असार । नेकपा (एमाले) का महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल र नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापीलरबीच आज भेटवार्ता भएको छ । नेकपा (एमाले) केन्द्रीय कार्यालय थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले नेपाल सरकारलाई स्वास्थ्य सामाग्री सहयोग गरेकोमा स्वीजरल्याण्ड सरकारलाई धन्यवाद दिए ।
उपप्रधानमन्त्री रहेको बेला महासचिव पोखरेलको पहलमा स्वीजरल्याण्ड सरकारले नेपाललाई ९४ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । राजदूत क्यापीलरले असल मित्रराष्ट्र नेपाललाई सहयोग गर्न स्वीस सरकार सँधै तयार रहेको बताएको पोखरेलको सचिवालयले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


