आयरल्यान्डद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण
काठमाडौँ, ४ असार: आयरल्यान्ड सरकारले नेपाललाई विविध स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेको छ ।
युरोपेली सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत प्रदान गरिएका ती सामग्री नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेपरेजले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित एक सङ्क्षिप्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे । आज हस्तान्तरण गरिएका सामग्रीमा ७२ अक्सिजन कन्सन्ट्रेटर, ४४ थान भ्यान्टिलेटर, १२ थान बिटिएपी मेशिन, ४०० अक्सिमिटरलगायत उपकरण छन् ।
यसैगरी डेनमार्क सरकारले पनि सोही संयन्त्रमार्फत प्रदान गरेका स्वास्थ्य उपकरण शनिबार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । डेनमार्कले २६ थान भेन्टिलेटरसहित अन्य स्वास्थ्य उपकरण प्रदान गरेको छ । त्यस अवसरमा मन्त्री तामाङले महामारीविरुद्ध लड्न समयमै स्वास्थ्य सामग्री उपलब्ध गराएकामा नेपाल सरकारका तर्फबाट दुवै देशका जनता र सरकारप्रति कृतज्ञता व्यक्त गरेको उक्त मन्त्रालयले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


