८ सयले घट्यो सुनको मुल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, ६ असार । साताको कोरोबारको पहिलो दिन आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । शुक्रबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ८ सयले घटेर प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मुल्य पनि आज १५ रुपैयाँले घटेको छ । साताको कोरोबारको पहिलो दिन आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा खरिद बिक्रि भइरहेको महासंघले जनाएको छ ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…


