कोरोनाबाट थप एकको मृत्य
बैतडी, ८ असार: बैतडीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । जिल्ला अस्पतालमा उपचाररत एक वृद्धको आज मृत्यु भएसँगै बैतडीमा मृतकको सङ्ख्या १८ पुगेको हो । दशरथचन्द नगरपालिका–५ का ८२ वर्षीय वृद्धको आज मृत्यु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख वशन्तराज जोशीले जानकारी दिe ।
गएको जेठ २६ गते ती वृद्धमा कोरोना पुष्टि भई जिल्ला अस्पतालमा उपचार भईरहेको थियो । यसैबीच अहिले जिल्लामा दैनिक सङ्क्रमणदर घट्दै गएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । जिल्लामा ६८ जना मात्रै सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य कार्यालयका सीआइसीटी सहजकर्ता बिनिता चौधरीले बताए ।
सक्रिय सङ्क्रमितमध्ये दशरथचन्द नगरपालिकामा १७, सुर्नया गाउँपालिकामा १४, दोगडाकेदार गाउँपालिकामा ११, पाटन नगरपालिकामा ११, र मेलौली नगरपालिकामा छ जना रहेका छन् । यस्तै पञ्चेश्वर गाउँपालिकामा चार, शिवनाथ गाउँपालिकामा चार, पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा एक÷एक जना सक्रिय सङ्क्रमित छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


