वेपत्ता भएका बाल–बालिकाहरुको खोजी गर्न चीन सरकार विफल
एजेन्सी, ८ असार । चीनको झिनजियांग प्रान्तमा दुई वर्ष देखि वेपत्ता भएका बाल–बालिकाहरुलाई खोजी गर्ने कार्यमा चीन निरन्तर विफल भएको छ । सन् २०१९ मा पहिलो पटक चीन सरकारले वेपत्ता भएका बालबालिकाको खोजी गर्ने विषयलाई सामुहिक रुपमा बताए पनि उक्त कार्यमा सरकार विफल भएको हो ।
खोजी गर्ने सम्बन्धीत निकायहरुले वेपत्ता भएका बालबालिकाको सम्पूर्णं विवरण प्राप्त गरेपनि सो कार्यमा उनीहरु विफल भइरहेको बीबीसीमा उल्लेख गरिएको छ । सन् २०१६ मा चीनमा नियोजन कानुन अन्तरगत एक एक परिवार एक बच्चा निती रहेपनि कतिपय मुश्लिम समूदायका मानिसहरुले लुकाई छिपाई ६–७ वटा सम्म बच्चा जन्माउने गर्दथे । उक्त कारण नै विभिन्न समूदायका बच्चाहरु हराइरहेको र उनीहरुको सम्पूर्ण विवरण प्राप्त भएपनि सरकार खोजी गर्न नसकेको जनाइएको छ । यस विषयमा भने चीनले कुनै पनि बच्चा नहराएको दाबी गरिरहेको छ ।
चीनको झिनजियांग प्रान्तमा विभिन्न जातका समूहहरुको व्यापक जनसंख्याले उक्त समूदायहरु चीनको कम्युनिस्ट पार्टीको लागी खतरा बनीरहेको समेत जनाइएको छ । निरन्तर बालबालिका हराइरहेको विवरण अभिभावकले बताइरहेपनि सम्बन्धीत निकायले कुनै पनि बालबालिका हराएको रिपोर्ट प्राप्त नभएको दाबी गर्दै आएको बीबीसीमा उल्लेख छ ।
निकायको व्यत्तिहरुले हराएको खबर आउनासाथ आफ्नो खोजी कार्यमा लागी हाल्ने विश्वास दिलाएपनि उनीहरुलाई कुनैपनि बालबालिका हराएको जानकारी नभएको बताउँछन् । यस विषयलाई लिएर बीबीसीले भ्रामक समाचार फैलाएको चिनियाँ कम्युनिस्ट पार्टीको सञ्चारमाध्यमले बताएको छ । उक्त विषय भने निकै राहस्यमय रहेको बीबीसीले उल्लेख गरेको छ । निरन्तर यस विषयमा समाचार आइरहँदा पनि चीन सरकारले उपयुक्त र ठोस प्रमाण दिन नसकेको खबर छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


