बाबुरामको प्रतिक्रिया : क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस्!
काठमाडौं, ८ असार । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतले आज २० मन्त्रीलाई पदमुक्त गरेको फैसलाको स्वागत गरेका छन् । उनले संविधानका निर्मातामध्ये नै संविधानको शब्द र भावनाविपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने र बन्ने लज्जास्पद हर्कत गरिएको उल्लेख गर्दै भनेका छन्,‘संविधानको व्याख्यता अदालतले त्यसलाई उल्टाउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्ने नै भयो । क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरुको आँखा खुलोस् ।’
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्–”संविधानका निर्मातामध्ये नै संविधानको शब्द/भावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने/बन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्ने नै भयो।क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आॅखा खुलोस्!”
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


