शिवराज नगरपालिकाले ल्यायो १ अर्ब ११ करोडको बजेट
कपिलवसतु – कपिलवस्तुको शिवराज नगरपालिकाले आव ०७८÷०७९ का लागि १ अर्ब ११ करोड बराबरको बजेट ल्याएको छ । विहीबार नवौं नगरसभामा शिवराजले नीति तथा कार्यक्रमसंगै बजेट सार्वजनिक गरेको हो । नगरपालिकाकी उप प्रमुख शिवकुमारी थारुले नगर सभामा प्रस्तुत गरेको बजेटमा सामाजिक सुरक्षा तर्फ २० करोड बजेट विनियोजन गरिएको छ । यस्तै कृषिको क्षेत्रमा १ करोड १० लाख, पशु तर्फ ५० लाख, शिक्षा तर्फ ३ करोड ९ लाख, स्वास्थ्य तर्फ ३ करोड ७ लाख बराबरको बजेट विनियोजन गरिएको छ ।
नगर प्रमुख नेत्रराज अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना संक्रमणले रोजगारी गुमाएका वर्गलाई स्वरोजगारमूलक कार्यक्रम, कृषि क्षेत्रको आधुनिकरण, शिक्षा क्षेत्रको गुणस्तरीयता कायम गर्नका लागि विभिन्न लोकप्रिय कार्यक्रम समेटिएको छ । यस्तै विगतमा अपुरा रहेका भौतिक विकासका कामहरुलाई निरन्तरता दिइएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


