नौ हजारलाई निःशुल्क खाना
काठमाडौं, असार १२ । काठमाडौंको नयाँ बसपार्क माछापोखरीमा विगत १८ दिनदेखि निःशुल्क खाना वितरण अभियान समापन भएको छ । बीपी स्टडी युथ सर्कलले सञ्चालन गरेको उक्त अभियान अन्तर्गत बिहीबारसम्म साँझ बिहान गरी नौ हजारभन्दा बढी व्यक्तिलाई निःशुल्क खाना वितरण गरिएको थियो ।
नेपाली काँंग्रेसका युवा नेता भूपेन्द्रजङ्ग शाहीको अगुवाइमा उक्त कार्य गरिएको थियो । सो अभियानमा ऋषि कोइराला, सुमन गिरी, सुवास कट्टेललगायत युवा नेताको सक्रियता थियो ।
नेपाली काँंग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, बीपी युथ सर्कलका सल्लाहकार भूपेन्द्रजङ्ग शाही, बीपी युथ सर्कलका केन्द्रीय अध्यक्ष ऋषि कोइरालालगायतको उपस्थितिमा कार्यक्रम समापन गरिएको थियो । गोरखापत्र दैनिकबाट
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


