रक्सीको नशामा अंग्रेजी बोल्नुको यस्तो छ रहस्य
एजेन्सी । रक्सीको नशा यस्तो नशा हो, जसको कारण ठुला–ठुला ओहोदाका व्यक्तिहरु पनि सडकमा आएर अजिबका हर्कत गर्छन् भने सामान्य मानिसहरुको त झन कुरा छाडौ ।
रक्सी पिएर लठ्ठ परेपछि कोही नाच्न थाल्छन् भने कोही अंग्रेजी बोल्न थाल्छन् । अन्य समयमा खासै नबोल्ने व्यक्तिहरु नशाले लट्ट हुँदा भने अग्रेजीमा सवाल जवाफ पनि दिन पछि पर्दैनन् ।
वास्तवमा यसको पछाडी वैज्ञानिक कारण छ । नशाले आत्मबल बढाउछः जर्नल अफ साइकोफार्माकोलजीमा प्रकाशित भएको अनुसन्धानको रिपोर्ट अनुसार अल्कोहलको केही घुट्को पिउने बित्तिकै मानिसमा आत्मबल बढ्न थाल्छ । र यसक्रममा मानिसहरु ढुक्कले अंग्रेजी भाषामा कुरा गर्न थाल्छन् । जुन कुरा सामान्य समयमा बोल्दैनन् ।
जर्नल अफ साइकोफार्माकोलजीको अनुसार रक्सी पिएपछि मानिसहरुको सम्झने क्षमता र एकाग्रतामा असर पर्छ । यो समयमा केही मानिसहरुको व्यक्तित्व पनि परिर्वतन हुन्छ र उनको आत्मबल तिव्ररुपमा बढ्छ । जुन चीजमा केन्द्रित हुनेपर्ने हो त्यसमा हुँदैनन् र अन्य चीजमा ध्यान दिन्छन् ।
सो समयमा आफ्नो मौलिक भाषा बोल्नुको साथै केही व्यक्तिहरुले काम पनि गर्न सक्छन् भने कसैले सामान्य अवस्थामा रहन पनि सक्दैनन् । नाच्न र गीत गाउँन लाग्दा लड्न पनि सक्छन् । रक्सी स्वास्थ्यको लागि हानिकारक हो । हामीले कसैको सहयता बिना पनि आफ्नो आत्मबल बढाउन सक्छौ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


