मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कियो
गोरखा – मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्किएको छ ।
गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरेनी–२ एक्ले फाँट जोड्ने झोलुङ्गे पुल भत्किएपछि आवतजावतमा समस्या भएको छ । तनहुँतर्फको भाग भत्किएर झोलुङ्गे पुलको केही भाग नदीमा डुबेको छ ।
आवतजावत बन्द भएपछि तनहुँबाट गोरखातर्फ जानका लागि र गोरखाबाट तनहुँतर्फ आउनका लागि लामो बाटो हिँड्नु पर्ने बाध्यता छ । यसैगरी गोरखाको पालुङटार नगरपालिका वडा नम्बर २ मा रहेको ढुन्डुरे खोलामा आएको बाढीले मोटरेबल पुल जोखिममा परेको प्रहरीले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


