पहिरामा मृत्यु भएका परिवारलाई सहयोग
चितवन, १८ असार: नेपाली कांग्रेस जिल्ला समितिले अविरल वर्षापछि आएको बाढी र पहिरामा परी ज्यान गुमाएका दुईजनाको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले बिहीबार आएको पहिरामा परी ज्यान गुमाएका दुईजनाको परिवारलाई रु २५ हजारका दरले सहयोग गर्ने बताए ।
कालिका नगरपालिका–११ सिद्धिका ज्ञानबहादुर चेपाङ र राप्ती नगरपालिका–१२ पर्खालका मोतीलाल चेपाङको परिवारलाई तत्काल राहतस्वरुप सहयोग गर्ने उनले जानकारी दिए । मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले घटनाप्रति दुःख व्यक्त गरे । सिद्धिका ज्ञानबहादुरको परिवारलाई आजै र राप्तीका मोतीलालको परिवारलाई छिट्टै पु¥याइने उनले जानकारी दिए ।
विपद्को समयमा उद्धार र सहयोगमा जुट्नसमेत श्रेष्ठले सबैलाई अपिल गर्नुभयो । पहिरामा परी अझै तीनजना बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा मोतीलालका ३० वर्षीय छोरा कृष्णलाल र बुहारी ३० वर्षीया निशा चेपाङ तथा मोतीलालकी छ वर्षीया नातिनी रहेका छन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


