युरोकपको सेमिफाइनलमा इटाली र स्पेन भिड्ने
काठमाडौं, १९ असार । युरोकप फुटबलको सेमिफाइनलमा इटाली र स्पेनबीच प्रतिष्पर्धा हुने भएको छ । दुवै टोलीले गएराति सम्पन्न खेलमा रोचक जीत हासिल गरेर सेमिफाइनलको स्थान पक्का गरेका हुन् ।
पहिलो खेलमा स्पेनले स्वीजरल्यान्डमाथि कठिन जीत हासिल गर्यो । निर्धारित समय र अतिरिक्त समयमा ११ गोलको बराबरी पछि पेनाल्टी सुटआउटमा निर्णय भएको थियो ।
दोस्रो खेलमा फिफा वरियतामा पहिलो नम्बरमा रहेको बेल्जियम इटालीसँग पराजित भएको छ । इटालीले २-१ ले बेल्जियमको युरोकप यात्रामा पूर्णविराम लगाइदिएको हो ।
स्वीजरल्यान्डका जाकारियाले आफ्नै पोष्टमा गोल गरेपछि स्पेनले अग्रता हासिल गरेको थियो । तर, साकिरीले बराबरी गोल गरी खेलमा फर्काएन खोजे । ७७औं मिनेटमा स्वीजरल्यान्डका फ्रुलर रातो कार्ड खान पुगे । बाँकी खेल स्वीजरल्यान्डले १० खेलाडीमा सिमित भएर खेल्यो । पेनाल्टी सुटआउटमा स्वीजरल्यान्डका एकजना खेलाडीले मात्र गोल गर्न सकेका थिए ।
निकै संगठित रहेको इटालीका बेराला र इन्सिग्नेले गोल गरी २-० को अग्रता दिलाएका थिए । लुकाकुले पहिलो हाफमो इञ्जुरी समयमा पेनाल्टी सुटबाट गोल गरेपनि बेल्जियम हारबाट जोगिएन । खेलमा बेल्जियमले थुप्रै गोल गर्ने अवसर खेर फालेको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


