छोरी भागेर गएपछि रिसको झोकमा गोली चलाउँदा केटा पक्षका ४ जनाको निधन
असार । भारतमा भागेर गएका युवा र युवती घरमा आउदा गोली चलेको छ । रिसको झोकमा केटीका परिवारले गोली चलाउँदा केटाका परिवारका ४ जनाको मृत्यु भएको हो । पाकिस्तानको सीमामा सटे गुरदासपुर जिल्लास्थित बटालामा प्रेमीले प्रेमिका भगाएको आरोपमा केटी पक्षले गोली चलाउँदा केटा पक्षका ४ जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएको छ ।
आक्रमणबाट केटा पक्षका ४ जनाको मृत्यु भएको हो । दुई जनाको मृत्यु घटनास्थलमै भएको हो भने २ जनाको अस्पतालमा उपचारको क्रममा भएको हो । युवक घाइते भएका छन् ।
अन्य २ जना घाइतेहरुलाई बटाला सिविल अस्पताल लगिएपनि अमृतसार अस्पतालमा रेफर गरिएको छ । मृतकको शव पोस्टमार्टमको लागि मार्चरीमा राखिएको प्रहरीले जनाएको छ ।
वास्तवमा आइतबार बिहानै युवक/युवती घरबाट भागेका थिए । केही दिनपछि उनीहरु घर फर्किए । उनीहरु घर फर्किएपछि युवतीका परिवारले रिसाएर हमला भन्दै गोली हान्न सुरु गरेका हुन् । लखेटी–लखेटी केटाको परिवारका ४ जनालाई मारेका थिए ।
फायरिंगबाट युवतीपनि गम्भिर रुपमा घाइते भएकी छिन् । उनको सिविल अस्पतालमा उपचार भैरहेको छ । गम्भिर अवस्थामा रहेको भन्दै उनलाई अमृतसार अस्पतालमा रेफर गरिएको छ । प्रहरी समयमै पुगेर सबैलाई नियन्त्रणमा लिएको छ ।
युवक र युवती लामो समयदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुको प्रेमलाई युवतीका परिवारले विरोध गर्दै आएको थियो । एकदिन दुवै प्रेमीहरूले घर छोडेपछि परिवारका सदस्यहरू धेरै रिसाएका हुन् । रीसलाई नियन्त्रण गर्न नसकेपछि उनीहरुले केटोको परिवारमाथि आक्रमण गरे । प्रहरीले परिवारका सदस्य र गाउँलेहरूलाई सोधपुछ गरिरहेको छ। प्रहरीको अनुसार गोली प्रहार सुखविंदर सिंह सोनीले गरेका हुन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


