आकाशे पुलकाे भित्तामा चित्र काेर्न पाउनु पर्ने कलाकारहरूकाे माग
काठमाण्डाै – कलाकारहरूले कोरोना महामारीमा अग्रपङ्क्तिमा खटेर काम गर्ने व्यक्तिहरूको सम्मानका लागि रत्नपार्कमा रहेकाे आकाशे पुलको भित्तामा चित्र कोर्न पाउनुपर्ने माग गर्दै महानगरपालिकामा निवेदन दिएका छन् ।
कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापन गर्ने व्यक्ति, पाइलट र सरसफाइकर्मीको सम्मानका लागि रत्नपार्कमा रहेकाे आकाशे पुलको भित्तामा बनाइएको चित्र काठमाण्डाै महानगरपालिकाले मेटेपछि कलाकारहरूले चित्र कोर्न पाउनुपर्ने माग गर्दै महानगरलाई निवेदन दिएका हुन् ।
दुजाङ्ग शेर्पा नेतृत्वको कलाकारको टोलीले आइतवार काठमाण्डाै महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवालीमार्फत मेयर विद्यासुन्दर शाक्यलाई निवेदन दिएका हुन् । शेर्पा नेतृत्वको कलाकार टोलीले काठमाण्डाै महानगरपालिका २८ को अनुमति लिइ त्यस ठाउँमा चित्र बनाएको दाबी गरेको छ । तर महानगरपालिकाले स्वच्छ सफा सहर निर्माणको परिकल्पना अनुसार सहरको साैन्दर्यमा आँच पुगेको भन्दै त्याे चित्र मेटाएको थियो ।
कलाकार दुजाङ्ग शेर्पाले कोरोना महामारीविरुद्ध अग्रस्थानमा रहेर काम गर्ने फ्रन्टलाइनरहरूलाई थोरै भए पनि प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ आफूहरूले वडाबाट अनुमति लिएर चित्र बनाएकाले फेरि त्यही ठाउँमा चित्र कोर्न पाउनुपर्ने माग गर्नुभयो ।
कलाकारहरूको निवेदन बुझ्दै काठमाण्डाै महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवालीले महानगरपालिकाभित्रको महत्त्वपूर्ण ठाउँहरूमा कुनै पनि काम गर्दा महानगरपालिकाबाट स्वीकृति र सहमति लिनुपर्ने बताउनुभयो । उहाँले वडा कार्यालयसँग सहमति लिनुअघि महानगरपालिकालाई सोधेको भए समस्या नआउने बताउनुभयो ।
महानगरपालिका आफैँले पनि केही ठाउँमा सम्पदाको चिनारी गराउने कार्यक्रम राखेको उल्लेख गर्दै कलाकारहरूले बनाएको चित्रले दिनुपर्ने सन्देश तीन हप्तामै दिइसकेको विश्लेषणसाथ महानगरपालिकाले चित्र मेटेको उहाँले बताउनुभयो ।
कलाकारहरूले ‘कलाको सहरमा कलाकै हत्या’, ‘सक्छाै सम्मान गर नत्र अपमान नगर’, ‘पुनर्स्थापना गर’, लगाएको प्ले कार्डसहित महानगरपालिका अगाडि धर्ना पनि दिएका थिए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


