प्रधानमन्त्री ओलीले विदेशी हस्तक्षेप आमन्त्रण गर्नुभयो : नारायणकाजी
काठमाडौं, २१ असार । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विदेशी हस्तक्षेप आमन्त्रण गरेको आरोप लगाएका छन् । राष्ट्रिय सभामा बोल्दै श्रेष्ठले प्रधानमन्त्री ओलीले विदेशी हस्तक्षेप आमन्त्रण गरेर आन्तरिक मामिलामा हस्तक्षेप निम्त्याएको बताएका हुन् ।
विदेशीको योजना र मिलिभगतमा प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि आक्रमण गरिरहेको भन्दै उनले भने, ‘उनले राष्ट्रिय स्वाधीनतामा गम्भीर धोकाधडी गरे ।’ उनले संविधान र लोकतन्त्रविरुद्ध जाने हिम्मत विदेशीकै साथका कारण जुटाएको संकेत पनि गरेका छन् ।
उनले भने, ‘संविधानको नाङ्गो उल्लंघन गर्नुभयो, लोकतन्त्रको धज्जी उडाए, अध्यादेशबाट शासन चलाएर निरंकुशता लाद्न खोजे र भ्रष्टाचार बढाए । आफ्नो लिप्साका कारण विदेशीलाई आन्तरिक मामिलामा हस्तक्षेप गर्न निम्त्याउनु मात्रै भएन उनीहरुकै सहयोगमा अहिले राष्ट्रियताविरोधी काम गरिरहेका छन् ।’
ओलीले यसअघि राष्ट्रियताको कुरा गरेर राष्ट्रियतामाथि नै गम्भीर धोकाधडी गरेको उनको आरोपछ। ओलीको राष्ट्रियता आत्मसमर्पणवाद र लम्पसारवादमा पुगेको श्रेष्ठको जिकिर छ।
एकपछि अर्को गर्दै आन्तरिक मामिलामा हस्तक्षेप भइरहेको उनको भनाए। उनले थपे, ‘एकपछि अर्को मामलमा हस्तक्षेप भइरहेको छ, प्रतिवाद गरिँदैन। उल्टै आमन्त्रण गरेर स्वधीनतामा आँच पुगेको छ।-
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


