थप २ हजार ६ सय २२ जनामा काेराेना सङ्क्रमण, २ हजार २ सय ११ जना निकाे
काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई हजार ६ सय २२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । सात हजार चार सय ९९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार सात सय ४५ जना र चार हजार २८ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ७७ जना गरी दुई हजार ६ सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसहित पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ४६ हजार तीन सय ६७ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ हजार नौ सय ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ११ जनासहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ११ हजार चार सय २९ पुगेको छ । अहिले नेपालमा २५ हजार ६ सय ९० जना सक्रिय सङ्क्रमित छन् ।
यस्तै थप २३ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म नौ हजार दुई सय ४८ जनाले ज्यान गुमाएका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


