प्रतिनिधिसभा विघटनः फैसला असार २८ मा
काठमाडौं, असार २२ । प्रतिनिधिसभा विघटन बदर हुने वा सदर भन्ने निर्णयका लागि एक साता कुर्नुपर्ने भएको छ। विघटनविरुद्धको मुद्दामा सुनुवाइ सकिएपछि असार २८ मा फैसला आउने भएको हो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सोमबार सुनुवाइ सकिएपछि ‘हेर्दाहेर्दैमा’ असार २८ का लागि राखिएको आदेश भएको हो।
सोमबार सुनुवाइ सकिएपछि प्रधानन्यायाधीश जबराले ‘अब असार २८ का लागि हेर्दाहेर्दैमा’ भन्ने आदेश गरेका थिए। असार ९ देखि सुरु भएको सुनुवाइ सोमबार रिट निवेदक पक्षका कानुन व्यवसायीको जवाफी बहस र त्यसपछि एमीकस क्युरीको सुझावस्वरूपको बहससहित सकिएको हो।
विघटित प्रतिनिधिसभाका सदस्य शेरबहादुर देउवासहित १४६ जनाका तर्फबाट ३६ जना कानुन व्यवसायीले बहस गरे। त्यसैगरी महान्यायाधिवक्तासहित ११ जना सरकारी वकिल र प्रधानमन्त्रीका कानुन व्यवसायी २१ जनाले बहस गरे। चारजनाले एमिकस क्युरीका तर्फबाट बहस गरे। रिट निवेदक पक्षका कानुन व्यवसायीले राष्ट्रपतिले पर्याप्त कानुनी आधार हुँदाहुँदै पनि शेरबहादुर देउवासहित १४९ जनाको हस्ताक्षरलाई मान्यता नदिनुलाई बदनियत भनेका छन्। उनीहरूले संविधानको धारा ७६ ९५० को व्यवस्थामा दलको ह्विप नलाग्ने जिकिर गरेका छन्।
विपक्ष अर्थात् सरकार पक्षका सरकारी वकिल र कानुन व्यवसायीले दलको ह्विप लाग्ने र प्रधानमन्त्री कसलाई बनाउने भन्ने अधिकार राष्ट्रपतिबाहेक अरू कसैको हुन नसक्ने भएकाले अदालत त्यसभित्र जान नहुने तर्क गरेका छन्। नागरिक दैनिकबाट
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


