लागूऔषध मुद्दाका फरार प्रतिवादी ल्हुण्डुप पक्राउ
कास्की, २५ असार । लागूऔषध मुद्दाका फरार प्रतिवादी एकजनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका २५ हेम्जा बस्ने तिब्बत घर भएका ३० वर्षीय जिग्मे ल्हुण्डुपलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत कास्कीको २०७६ पुस २८ गतेको फैसलाले लागूऔषध गाँजा मुद्धामा ६ महिना कैद सजाय हुने गरी फैसला भएकोमा २ महिना ११ दिन कैद भुक्तान गरी ३ महिना १९ दिन सजाय भुक्तान गर्न बाँकी रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई हेम्जाबाट पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


