घनश्याम भुषाललाई माधव नेपालको जवाफ : अदालतको फैसला नआएसम्म ओलीसँग कुनै सम्झौता गर्दिन्
काठमाडौं, २७ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सिंहदरबारमा जारी छ । उता, कार्यदलका सदस्यहरु कुरेर अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा अझैपनि स्थायी कमिटी बैठक सुरु गरेका छैनन् । कार्यदलका सदस्य पुगेपछि मात्रै बैठक सुरु गर्ने भनिएको छ । कार्यदलले सहमतिको मस्यौदा तयार पारिसकेको छ।
तर, वरिष्ठ नेता माधव कुमार नेपालले भने प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला नआएसम्म कुनैपनि सहमति वा सम्झौता नगर्ने जवाफ दिएपछि कार्यदल विलखबन्दमा परेको छ। कार्यदलको बैठकको बीचबाटै माधव नेपालनिकट नेता घनश्याम भुषाल नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।
नेता भुषाललाई नेपालले अदालतको फैसला नआएसम्म अध्यक्ष ओलीसँग कुनै सहमति गर्न नसकिने जवाफ दिएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । नेता भुषाल नेपाल निवास पुगेको बेला नेपाल भने आफूनिकट केन्द्रीय सदस्यहरुसँग भर्चुअल मिटिङमा थिए । उक्त बैठकमा पनि नेता नेपालले अदालतको फैसला आएपछिमात्रै सहमति पत्रमा हस्ताक्षर गर्न सकिने भन्ने धारणा राखेका थिए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


