ओलीविरोधी गठबन्धन भावी रणनीति तय गर्दै, माधव निवासमा यी नेता
काठमाडौं, २८ असार । सर्वोच्च अदालतको ऐतिहासिक फैसला आएपछि केपी शर्मा ओलीविरोधी गठबन्धनको बैठक बसिरहेको छ । बैठकले अदालतको फैसलापछि कसरी बढ्ने भन्नेबारे छलफल गरिररहेको छ ।
कोटेश्वरस्थित एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा बसेको बैठकमा नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँड सहभागी छन् ।
नेकपा एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपाल, स्थायी कमिटी सदस्य रघुजी पन्त सहभागी छन् ।
नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख कृष्णबहादुर महरा, नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र देव गुरुङ सहभागी छन् ।
जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेताहरु महेन्द्र राय यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट सांसद दुर्गा पौडेल सहभागी छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


