देउवा पाँचौंपटक प्रधानमन्त्री
काठमाडौं, असार ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाचौंपटक प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधानको धारा ७६(५) बमोजिम देउवाले गरेको दाबीलाई सदर गर्दै प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
सर्वोच्चको सो आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ (५) बमोजिम उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै शपथ गराएकी हुन् ।
योपटकसँगै देउवा पाँचौंपटक प्रधानमन्त्री हुने नेता भएका छन् । यसपटक भने उनी विपक्षी गठबन्धनबाट प्रधानमन्त्री बनेका हुन् । उनी यसअघि २६ भदौ २०५२ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए ।
यसैगरी, ७ साउन २०५८ मा देउवा दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए भने २० जेठ २०६१ मा उनी तेस्रोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि चौंथोपटक २३ जेठ २०७४ मा प्रधानमन्त्री बनेका देउवालाई पाँचौंपटक प्रधानमन्त्री बन्ने अवसर जुटेको हो । राजधानी दैनिकबाट
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


