कालीगण्डकी डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं, ३० असार । सर्वोच्च अदालतले कालीगण्डकी नदीको वहाव रोक्ने गरी काम नगर्न अन्तरिम आदेश दिएको छ ।
बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको एकल इजलासले कालीगण्डकीको वहाव रोक्ने गरी काम नगर्न अन्तरिम आदेश दिएको हो । आदेशमा कालीगण्डकीको प्राकृतिक वहावलाई डाइभर्सन गरेर रिजर्भवालयल बनाउने काम गर्नु पर्यावरण प्रतिकुल नहुने भन्दै त्यो काम नगर्न नगराउन भनिएको छ ।
जबराको एकल इजलासको आदेशमा नदीजन्य पदार्थ निकाल्ने, शालिग्राम निकासी गर्ने लगायत प्राकृतिक र पर्यावरण प्रतिकुल हुने गरी काम नगर्न भनिएको हो । कालीगण्डकी नदी डाइभर्सन आयोजना अघि बढाउन सरकारले तयारी गरेपछि वातावरण संरक्षणकर्मीले रिट दायर गरेका हुन् । कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्वको भएकाले रिटको अन्तिम टुंगो नलाग्दासम्म बहाव रोक्ने काम नगर्न अन्तरिम आदेशमा भनिएको छ । निवेदक वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहितको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले उक्त आदेश दिएको हो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


