गच्छदार दश लाख धरौटीमा रिहा
काठमाडौं, ३० असार । विशेष अदालतले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई दश लाख धरौटीमा रिहा गरेको छ । प्रेमराज कार्की, अब्दुल अजिद मुसलमान र नित्यान्द पाण्डेको संयुक्त इजलासले यस्तो निर्णय गरेको हो । आज थुनछेक बहसपछि दश लाख धरौटी बुझाउन आदेश दिएको हो ।

बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा कैफियत देखिएका गच्छदार आज विहान विशेष अदालतमा हाजिर भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध दाय गरेको भ्रष्टाचारको मुद्दामा गच्छदारको नामसमेत उल्लेख थियो ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


