कपिलवस्तुमा ११ वर्षीय बालिका माथी जबरजस्ती करणी प्रयास, आरोपी फरार

विजयनगर ।
कपिलवस्तुको विजयनगर गाँंपालिकाका ३ नम्बर वडाकी ११ बर्षीय बालिकालाई जवरजस्ती करणीको प्रयास भएको छ । सोमवार साँझ साढे ५ बजेतिर सुरई खोलाको नजिक बारीमा घाँस काट्न गएकी बालिका उखु खेतमा शौच गर्न गएका बेला ११ वर्षीय बालिकालाई स्थानीय ७० बर्षीय वकिल मियाँले जबरजस्ती करणी गर्ने प्रयास गरेका हुन् ।

एकलै भएको मौका छोपी बालिकालाई उखुभित्र करणी प्रयास गरेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक रणबहादुर बिष्टले जानकारी दिनुभएको छ । सो घटनाको सुचना पाएलगत्तै प्रहरीले बालिकालाई आवश्यक जाँचका लागि जिल्ला अस्पताल तौलिहवा पु¥याएको हो ।

मुद्धा दर्ता गरी आवश्यक प्रक्रिया अगाडी बढाइएको विष्टले बताउनुभयो । अभियुक्त फरार रहेकोले खोज तलास भईरहेको प्रहरी निरिक्षक बिष्टले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

TOP