चन्द्रौटामा अस्पताल बन्ने पक्का, टेण्डर आवहान
कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा प्रदेशस्तरीय सरुवा रोग अस्पताल बन्ने पक्का भएको छ । चन्द्रौटा हाटबजार नजिकैको पुर्व पट्टि, महेन्द्र राजमार्ग सडक छेउमा रहेको बन क्षेत्रमा पर्ने ९ विगाहा जग्गामा अस्पताल बन्ने लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले बताउनुभयो ।
प्रदेशस्तरीय सरुवा रोग अस्पताल निर्माणको लागि टेण्डर आवहन भएपछि नागरिकहरु ढुक्क भएका छन् । सहरी विकास कार्यलय रुपन्देहीले बुधवार टेण्डर आवहान गरेको छ । प्रदेश स्तरीय अत्याधुनिक सरुवा रोग अस्पताल बन्ने भएपछि स्थानियहरु खुसि भएका छन् । यस क्षेत्रमा अस्पतालको अभाव रहेको नागरिकहरुको अत्याधिक गुनासो आउने गरेकोले अब पुरा भएको केसीको भनाई छ ।
अस्पताल निर्माण सम्पन्न हुन करीब २ अर्व लागत लाग्ने र अवधि पनि दुई वर्ष लाग्न सक्ने अनुमान गरिएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७७।०७८ को बजेटमा प्रदेश स्तरीय सरुवारोग अस्पताल शिवराज नगरपालिकाको चन्द्रौटा क्षेत्रमा निर्माण गरीने उल्लेख गरिएको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


