‘माधव नेपाल जिन्दावाद’ भन्दै ‘अखिल फोर्स’ गठन, माधव नेपालको घर घेर्न आउनेको खुट्टा भाँचिदिने चेतावनी

असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर युवाहरुले ‘अखिल फोर्स’ गठन गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरुले युथ फोर्स ब्युँताएपछि नेपाल निकट युवाहरु अखिल फोर्स गठन गरेका हुन् । ओलीनिकट युवाहरुले माधव नेपालमाथि आक्रमणको आक्रोश पोखिरहेको र घर घेर्ने चेतावनी दिएको भोलिपल्टै नेपालनिकट युवाहरुले अखिल फोर्स गठन गरेका हुन् ।

उनीहरुले माधव नेपालको घर घेर्न आउनेहरुको खुट्टा भाँचिदिने समेत चेतावनी दिएका छन् । नेपालनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले काठमाडौंमा उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै बिहीबार ‘अखिल फोर्स’ बनाएका हुन्। अनेरास्ववियू केन्द्रीय अध्यक्ष सुदेश पराजुली वरिष्ठ नेता माधव नेपाललाई आक्रमणको चेतावनी दिनेहरुमाथि कडा रुपमा प्रस्तुत भएका थिए । अखिल फोर्सको अध्यक्षमा तपेन्द्र शाही छन् ।

Photo By: Mukunda Kalikote/ReportersNepal

TOP