जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
पर्सा, ३१ असार । जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पन्ध्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बहुदरमाई नगरपालिका २ पिपरा टोल बस्ने २५ वर्षीय धर्मराज साह कानुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
कानुले ती किशोरीलाई असार १४ गते दिउँसो विवाह गर्ने र जागिर लगाईदिने प्रलोभनमा पारी सखुवाप्रसौनी गाउँपालिका ४ स्थित बाँसघारीमा लगि जबरजस्ती करणी गरी आफूसँगै राखी पटकपटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


