अस्पतालको लापरवाहीले बालकको ज्यान गयो : पिडित परिवार
कपिलवस्तु असार ३१,
कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ बहादुरगन्जमा रहेको शिवराज अस्पतालको लापरवाहीका कारण ५ बर्षका एक बालकको ज्यान गएको छ ।
मंगलबार राति कृष्णनगर १ डुमाई घर भएका मन्टु उपाध्यायको ५ वर्षिय छोरा एस उपाध्याको उपचारका क्रममा ज्यान गएको हो ।
मृतक एस उपाध्यायलाई राति सर्पले डसेको थियो । सर्पले टोकेको थाह पाए पछि उपचारका लागि बालकलाई शिवराज अस्पतालमा लगेपछि उपचारका क्रममा लापरवाही भएको पीडित परिवारले जनाएका छन ।
उपचारका क्रममा अस्पतालका अहेव योगेश चन्द्र वि.क.ले लापरवाहि गर्दा बालकको मृत्यु भएको पीडित परिवारका सदस्य गुड्डु उपाध्यले बताउनु भयो ।
अस्पतालमा कार्यरत कर्मचारीको लापरवाहिले आफ्नो छोराको ज्यान गएको भन्दै परिवारले लापरवाहि गर्ने कर्मचारीलाई कारबाहि गर्न माग गरेको छ ।
पीड़ित पक्ष र अस्पताल बिकास समितिका अध्यक्ष विच आज भएको छलफल बाट अहेब योगेश विश्वकर्मा र कार्यालय सहयोगी टेकनारायण थारुलाई कारबार्हि गर्दै नगरपालिका तानिएको छ । त्यस्तै निर्भय सिंह,बादल सिंह लाई अस्पतालमा आवश्यक काम बाहेक प्रबेश गर्न नदिने ,पीड़ित लाई क्षतिपूर्ती दिलाउने र अस्पतालका अन्य समस्या समाधान गर्ने भनि निर्णय गरिएको छ ।
स्वास्थ्य विमा संयोजक अरुण कुमार चौधरीलाई कार्वाही गर्दै नगरपालिका तानिएको अस्पताल विकास समितिका अध्यक्ष रजत प्रताप शाहले जानकारी दिनुभयो ।
आजको छलफलमा उपस्थित रहेका अस्पताल विकास समितिका पुर्व अध्यक्ष दिपक शुक्लले दोषि उपर छानबिन गरी पीडितलाई न्याय दिनु पर्ने बताउनु भयो । वालकको ज्यानै जाने गरी भएका घटना अत्यनत चिन्ता जनक र निन्दनिए रहेको वहाको भनाई थियो ।
बालकको ज्यान गएपछि स्थानीय युवाहरु समेत अस्पताल प्रति अक्रोस ब्यक्त गरेका छन ।
घटनाको सत्यतथ्य छनविन र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने स्थानीय युवा सुनिल उपध्या,बदरेआलम शाह,सुशिल गुप्ताले माग गर्नु भएको छ । यदि अस्पतालले पीडितलाई न्याय नदिए सशक्त आन्दोलन गर्ने युवाहरूको भनाई थियो ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…


